कांग्रेसले बोलायो केन्द्रीयसमिति बैठक : पार्टीलेनै सबैको पिसिआर गराउने



नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।यही असोज १९ गते पार्टी केन्द्रिय कार्यलय सानेपामा बैठक बोलाईएको र सम्बन्धीत सबैलाई सुचना पठाइ सकिएको मुख्य सचिब कृष्णप्रसाद पौडेल्द्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।बैठकमा आगामी महाधिबेशन र क्रीयाशिल सादस्यता लगायत बिषयमा छलफल हुने बताइएको छ ।

कोभिड–१९ को महामारीका कारण बैठक अगाडि पार्टी केन्द्रीय कार्यालयले पिसिआर टेस्टको व्यवस्था गरेको र पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुले अनिवार्य रुपमा असोज १५ गते विहान ११ः०० देखि ३ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई पिसिआर टेस्ट गराउनुपर्ने पनि पार्टी कार्लयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  १२ : ५३ बजे