काठमाडौं उपत्यकामा आज एकै दिन ६ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर ११ सय ७२ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ६ सय ३७ जना थपिएसँगै जोखिम बढेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा .जागेश्वर गौतमले ९ हजार ४ सय ४९ जनाको पिसीआर परिक्षणमा ११ सय ७२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।








