कोरोना संक्रमणबाट डडेलधुरामा पहिलो मृत्यु



डडेलधुरा । कोरोना संक्रमणबाट डडेलधुरामा एक जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । डडेल्धुरामा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो ।

केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । उक्त पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।

बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रश्वासको गति बन्द भइसकेको र स्वाब परीक्षण गर्दा कोरना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिए । शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको बिष्टले बताए ।

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहिबार  ३ : ०५ बजे