पाल्पामा पहिरोले पाँच जना पुरिए



पाल्पा । पाल्पामा पहिरोले पाँच जना पुरिएका छन् । जिल्लाको रम्भा गाउँपालिकामा गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जना पुरिएका छन् ।

एसपी सन्तोष भट्टराईका अनुसार घटनास्थल हुँगी प्रहरी चौकीबाट ३ घण्टाको दुरीमा रहेको छ । अहिले घटनास्थल तर्फ प्रहरी गइरहेको एुपी भट्टराइले बताए ।

‘५ जना पुरिएको खबर आएको छ’ एसपी भट्टराईले भने–‘हुँगीबाट पनि प्रहरी पुग्दै छ, म पनि घटनास्थल तर्फ जाँदै छु ।’

 

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहिबार  ३ : २३ बजे