सीमा निरिक्षणका लागि गृहमन्त्री थापा दार्चुलाको छाङरु प्रस्थान



सीमा निरिक्षण र सशस्त्र प्रहरी गुल्मको शिलन्यासका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शुक्रबार दार्चुलाको छाङरु प्रस्थान गरेका छन्।

गृहमन्त्री थापा दार्चुलाको छाङरुमा निर्माण भइरहेको सशस्त्र प्रहरीको गुल्मको भवन शिलन्यास गर्न शुक्रबार दार्चुलाको व्यास गाउँपालिकामा पर्ने छाङरु गागातर्फ प्रस्थान गरेका हुन्।

गृहमन्त्री थापाले गुल्मको शिल्यानसँगै सीमा क्षेत्रको अनुगमन समेत गर्ने छन्। गृहमन्त्री थापासँगै गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका आइजीपि शैलेन्द्र खनाल लगायत ११ जना रहेका छन्।

 

 

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ६ : २२ बजे