पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १२ सय ७ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ७१ हजार ८ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना गरी जम्मा ७२४ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २० हजार ३७३ पुगेको छ।
आजसम्म ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।
आज ११४७ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।








