काठमाडौंमा ६३३ सहित १५ सय ७३ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १५ सय ७३ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

आज १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

आजसम्म ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

आज ८८५ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ११, २०७७ आइतबार  १० : ५० बजे