पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १५ सय ७३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ७३ हजार ३ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ कोरोना संक्रमित थपिएका छन् ।
जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
आज १० हजार १ सय २३ जनाको पिसीआर परिक्षणमा १५ सय ७३ जनाको रिर्पोट पोजेटिभ आएको हो ।
आजसम्म ५३ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
आज ८८५ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।








