पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित १९ सय ११ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७९ हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ८१७, भक्तपुरमा ५८ र ललितपुर ६९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

आजसम्म ५७ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । आज ९६१ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहिबार  ११ : १५ बजे