प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा सहित चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।
राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।
उनिहरुले शुक्रबार स्वाब दिएका थिए ।
उनिहरु प्रधानमन्त्री ओलिको निकट रहने ब्यक्तिहरु हुन ।








