अनसनरत डा.केसीको अवस्था गम्भीर, स्वास्थ्य जटिल बनेपछि दिइयो अक्सिजन



२२ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबारदेखि केसीलाई अक्सिजन दिन थालिएको छ । डा। केसीलाई स्वास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई छाती दुख्ने र स्वास फेर्न गाह्रो भएपछि आइतबार अक्सिजन सपोर्टमा राखिएको डा तोसिमा कार्कीले जानकारी दिएकी छिन् ।

उनका अनुसार डा। केसीको शरीर पूरै दुखिरहेको छ । डा। केसीलाई यो अवस्थामा आईसीयूमा लगेर उपचार गर्नुपर्ने भए पनि उनले मानेका छैनन् । डा। केसीले अन्य औषधी लिन पनि मानेका छैनन् । डा। केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि उनी बोल्नसमेत सकिरहेका छैनन् ।

डाकेसी चिकित्सा शिक्षामा सुधार लगायतका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेबाट आमरण अनशनमा छन् ।

मानवअधिकारवादी तथा नागरिक समाजका अगुवाहरुले पटक पटक डा। केसीको जीवनरक्षाको अपील गरे पनि सुनुवाई भएको छैन ।

डा। केसीसँग तत्काल वार्ता गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, साझा पार्टी, विवेकशील नेपाली दल लगायतले माग गरे पनि सरकारले सुनेको छैन ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  १ : ५८ बजे