बाग्लुङ जिल्लामा यस बर्षाद को समयमा बाढीपहिरोबाट धेरै नै धनजनको क्षति भएकोमा बागलुङ बासीलाई पर्न गएको दुखमा गत उपनिर्बाचनमा नेपाली कांग्रेसको तर्फ बाट प्रत्यसी तथा नेपाली कांग्रेस का युबा नेता जित शेरचन को नेतृत्वमा विभिन्न चरण मा राहत वितरण भएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्र न.२ बागलुङको ब्यानरमा बाढी पहिरो प्रभावित ढोरपाटन नपा ७,८,९ मा युबा नेता जित शेरचन को नेतृत्वमा विभिन्न चरण मा राहत वितरण भएको छ । राहतमा प्रती मृतक ३६ जना लाई रु ७००० का दरले नगद,पुर्ण घर क्षती भएका ७५ घर परिवार लाई प्रती परिवार २/२ बन्डल जस्तापाता,३०.३० किलो चामल,५.५किलो चिउरा,१/१ बक्स चाउचाउ,बिस्कुट,नुन,आटा लगाएत प्रदान गरिएको छ । त्यस्तै घाइते ३ जनालाई प्रती ब्यक्ती रु ५००० , आंशिक क्षति भएका ४० घर परिवारलाई प्रती परिवार ३०/३० किलो चामल,५/५ किलो चिउरा,१/१ बक्स चाउचाउ,बिस्कुट नुन आटा प्रदान गरिएको छ । त्यस्तै घर भाडामा बस्ने,अपाङ्ग,एकल महिला गरि ३५ घर परिवार लाई प्रती परिवार ३०र३० किलो चामल,५र५किलो चिउरा,१र१ बक्स चाउचाउ,बिस्कुट,नुन,आटा बितरण गरिएको छ ।
त्यस्तै बाढिपहिरो प्रभावित श्री जनचेतना प्रावि बिधालय सुप्राङ्ग लाई १० बन्डल जस्तापाता प्रदान गरिएको छ । छ भने लाकुरिबोट स्वास्थ्य चौकि लाई ४ बन्डल जस्तापाता, चौरासी लघुजलविद्युत आयोजना लाई ४ बन्डल जस्तापाता,फल्लेघर लघुजलविद्युत आयोजना लाई ४ बन्डल जस्तापाता,घट्टबत लघुजलविद्युत आयोजना लाई ४ बन्डल जस्तापाता र नेपाने देउरालीखोला लघुविद्युत आयोजना लाई ४ बन्डल जस्तापाता प्रदान गरिएको छ ।
ढोरपाटन नपा ७ का ५ परिवार लाई प्रती परिवार २र२ बन्डल जस्तापाता गरि १० बन्डल जस्तापाता प्रदान गरिएको छ । । बाढी पहिरो प्रभावित घर परिवार,बिधालय,लघुबिधुत आयोजना लाई जम्मा गरि १९४ बन्डल जस्तापाता सहित विभिन्न खाध्य सामाग्री बितरण गरिएको छ ।
उक्त राहत संकलन तथा बितरण कार्यमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाग्लुङ का सभापति दिपेन्द्र थापा ,महासमिति सदस्य अर्जुन शेरचन क्षेत्रीय सभापति दोर्ण कुवर , गल्कोट नगरपालिका मेयर गैरे , तरुणदल बाग्लुङका कोषाध्यक्ष देबेन्द्र मगर लगाएतको सहभागिता थियो।त्यस्तै कांग्रेस का महाधिवेशन प्रतिनिधि ,जिल्ला सदस्य र पार्टी का विभिन्न भातृसस्था शुभेच्छुकहरुको उपस्थिति थियो।उक्त बितरण कार्यक्रम मा बोल्दै शेरचन ले हामिलाई बिश्वास गरि देश बिदेश बाट सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनी हरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए भने कुल ४२ लाख बराबरको सामाग्री बितरण गरिएको छ ।








