डा गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको चिकित्सकहरुले बताएका छन्। उनको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचाप पनि कम हुँदै गएको छ।
बुधबार बिहान डा केसीको रक्तचाप ७०५० मापन गरिएको छ।
डा केसीलाई उपचार गरिरहेको चिकित्सकको टिम आन्तरिक परामर्शमा रहेको उनका सहयोगीले जानकारी दिएका छन्।
डा केसीलाई डा सुभाष आचार्यको टिमले हेरिरहेको छ।
डा केसीले गत भदौ २९ देखि जुम्लाबाट अनसन सुरु गरेका थिए। बुधबार उनको अनसनको २४औं दिन पुगेको छ।








