बुधबार एकैदिन ३४ सय ३९ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३४ सय ३९ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ९४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म ६८ हजार ६ सय ६८ संक्रमणमुक्त भएका छन् ।

आज ११२६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २१, २०७७ बुधबार  ११ : ४५ बजे