राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीसँग भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न र उनको स्वास्थ्य अवस्था र उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ।
‘लामो समयदेखि चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन लगायतका माग राखी पछिल्लो पटक गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।
आयोगले डा केसीको स्वास्थ्य अवस्था एवम् नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई पत्राचार गरेको पनि बताइएको छ।








