दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेका हुन ।
सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो ।
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण तिब्र गतिमा फैलिदै गएको छ ।








