डा केसीका प्रतिनिधि र सरकारी बार्ताटोलिबीच आज पनि वार्ता



चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको आज पुनः वार्ता हुने भएको छ।

बिहीबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो।

छलफलले डा केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ।

तर अन्तिम निष्कर्षमा भने पुग्न नसिकएको एक सदस्यले बताए।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  २ : २६ बजे