कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख भन्दा बढि



विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ६७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्यामध्ये दश लाख ६६ हजाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ करोड ७६ लाख कोरोना संक्रमणमुक्त भइसकेका छन् । सबैभन्दा बढी अमेरिकामा ७८ लाख कोरोना संक्रमित भएका छन् । जसमध्ये २ लाख १७ हजारको मृत्यु भएको छ ।

भारतमा ६९ लाख संक्रमित संख्या नाघेको छ । भारतमा एक लाख ६ हजारको संक्रमणबाट मृत्यु भएको छ ।

ब्राजिलमा ५० लाख कोरोना संक्रमितमध्ये एक लाख ४९ हजारको मृत्यु भएको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ८ : ५६ बजे