अजरबैजान र अर्मेनियाबीच शनिबार युद्धविरामका विषयमा सहमति भएको बताइएको छ। यी दुई देशबीच युद्धविरामको सम्झौता भएको र शनिबारदेखि युद्धविराम लागू हुने रुसी विदेश मन्त्रीले जानकारी दिएका हुन्।
रुसी राजधानी मस्कोमा गएको करिब १० घण्टासम्म यी दुई देशबीच वार्ता भएको थियो। उक्त वार्तापछि युद्धविरामको सहमति भएको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले जानकारी दिएको समाचारमा जनाइएको छ।
अब यो युद्धविरामसँगै हालैका दिनमा त्यहाँ जारी रहेको समस्याको समाधानका लागि पनि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका रुसी विदेशमन्त्री लाभरोभले जानकारी गराए।










