काठमाडौं। अर्थमन्त्री डा। स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगेका छन्।
उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा। सुरेन्द्र थापाले स्वागत गरेका छन्।
अर्थमन्त्री वाग्ले अक्टोबर २२ र २३ मा आयोजना हुने एनडीटीभी विश्व सम्मेलन २०२६ मा सहभागी हुन नयाँदिल्ली पुगेका हुन्।
‘व्यवस्थाहरूबीचको विश्व’ विषयमा आयोजना भइरहेको सम्मेलनमा उनले अक्टोबर २३ अर्थात् शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।










