उत्तर कोरियाले सार्वजनिक गर्‍यो अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र



अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको छ । शनिबार उत्तर कोरियामा मध्य रातमा भव्य सैन्य शक्ति प्रदर्शनको आयोजना गरिएको थियो जसमा देशका सर्वोच्च नेता किम जोङ–उनको उपस्थिती थियो । परेडको आयोजना वर्कर्स पार्टीको ७५ औं वार्षिकोत्सवको मौकामा आयोजना गरिएको थियो ।

नयाँ मिसाइल र हतियारलाई देखाउनका लागि उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शनको आयोजना गर्ने गर्छ । जानकारका अनुसार शनिबार राती भएको यो परेडका क्रममा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको प्रदर्शनले यो कुराको पुष्टि गरेको छ ।

उत्तर कोरियाले प्रदर्शन गरेको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलले अमेरिकासम्म मार हन्न सक्ने बताइएको छ ।

पछिल्लो दुई वर्षमा पहिलो पटक उत्तर कोरियामा कुनै सैन्य शक्ति प्रदर्शनको आयोजना गरिएको हो ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आईतबार  ४ : ४९ बजे