पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ४१६ सहित २०७१ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार ७१ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४१६ जना संक्रमित भेटिएका छन्।

काठमाडौंमा ११४५ जना, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्

आजसम्म ७५ हजार ८ सय ४ जना संक्रमणमुक्त भएका छन् । आज १५५२ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २५, २०७७ आइतबार  १० : ४९ बजे