कोरोना अपडेट : विश्वभर संक्रमित संख्या ३ करोड ८० लाख नाघ्यो



विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८० लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ८५ हजारको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ करोड ८५ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८३ लाख रहेको छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८० लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ २ लाख २० हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

भारतमा ७१ लाख कोरोना संक्रमितमध्ये एक लाख ९८ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५१ लाख संक्रमितमध्ये डेढ लाखको मृत्यु भएको छ ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  ३ : ०९ बजे