१२ नम्बर पिल्लर चीनले पुनर्निमार्ण गरेको कांग्रेस अध्ययन टोलीको निचोड



नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले नेपाल–चीन सीमामा अवस्थित १२ नम्बर सीमास्तम्भ पुनर्निर्माण गरेको निकर्ष निकालेको छ । नेता शाही नेतृत्वको टोलीले यही असोज १४ देखि २४ गतेसम्म गरेको सीमास्तम्भ अध्ययनका क्रममा सो निष्कर्ष निकालेको हो ।

टोलीले प्रतिवेदनमा चीनले एक पक्षीयरूपमा निर्माण गरेको १२ नम्बर स्तम्भको आकार, पोतिएको रंग र स्तम्भ वरिपरी पुरानो स्तम्भ भत्काइएका सिमेन्टका अवशेषहरू भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ । टोलीले पत्रकार सम्मेलन गरि सीमा स्तम्भमा कोरिएका लिपि पनि फरक–फरक रहेको बताएको छ ।

चीन र नेपालबीच लाप्चामा रहेको १२ नम्बर पिलरभन्दा करिब एक एक किलो मिटरभित्र पिल्लर नपुग्दै अन्तर्राष्ट्रिय सीमा रेखा देखाइएको उक्त टोलीको निष्कर्ष छ । सरकारले स्थानीय तहका जनप्रतिनिधिहरूसहित स्थानीयहरूको उपस्थितिमा सीमा विज्ञ, नापी टोली, सुरक्षा निकाय, परराष्ट्रका प्रतिनिधिहरू सीमामा पुगेर दुबै देशको नक्सा जुधाएर विवाद समाधान गरी स्थायी समाधान गर्नुपर्ने सुझाव दिएको छ ।

सीमा क्षेत्रको स्थलगत अनुगमनका लागि नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही, संविधानसभा सदस्य रिता शाही, कांग्रेस हुम्ला जिल्ला सभापति जयपति रोकाय लगायतको टोली पुगेको थियो ।

प्रकाशित मिति : आश्विन २७, २०७७ मंगलबार  १२ : २१ बजे