नेपाल राष्ट्र संघ मानव अधिकार परिषदको सदस्यमा पुन: निर्वाचित



नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा दोस्रो पटक निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल एशिया क्षेत्रबाट अर्को कार्यकालका लागि दोस्रो पटक निर्वाचित भएको हो ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सामाजिक संजाल ट्वीटरमार्फत उक्त जानकारी दिएका हुन् ।

नेपाल यसअघि सन् २०१८ देखि मानव अधिकार परिषदको सदस्य रहँदै आएको छ । फेरि पनि निर्वाचित भएसँगै नेपाललाई अरु दुई वर्ष सोही भूमिकामा रहेर काम गर्ने अवसर मिलेको छ । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ३ : १० बजे