सीमा अनुगमनका लागि हुम्लामा सीमाविज्ञ पठाऔं : वरिष्ठ नेता पौडेल



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हुम्लाको सिमानामा सीमा विज्ञ पठाउन सरकारसंग माग गरेका छन् ।

वरिष्ठ नेता पौडेलले समाजिक संजाल मार्फत हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन गर्न माग गरेका छन् ।

उनले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकार, जनतासित माफी माग्नुपर्ने समेत बताएका छन् ।

वरिष्ठ नेता पौडेलले कर्णाली प्रदेशका विपक्षी दलका नेता एंव कांग्रेस केन्द्रीय सदस्य जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाएर आफ्नो मिचिएको हो होइन यकिन गनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ७ : ११ बजे