कांग्रेस युबा नेता एबम केन्द्रिय सदस्य प्रदिप पौडेलले कम्युनिष्टहरुको झगडाले बिकाश निर्माण ,भ्रष्टाचार नियन्त्रण लगायत देशका अन्य मुद्दाहरु ओझेलमा पारेको बताएका छन ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै उनले सत्तारुढ नेकपामा बढ्दै गएको विवाद कुनै सिद्धान्त, विचार वा जनसेवाका लागि होइन पार्टीमा शक्ति संचय गर्न गरिएको गुट,उपगुट र पदीय भागबन्डा भएको उल्लेख गरेका छन ।
पौडेलाले भनेका छन “थपिँदै गएका विवादहरू आगामी दिनमा झनै बढ्छन्।यसले देशका समस्यालाई ओझेलमा पार्ने छ”।
राजनितिक पार्टिका अन्तर्कलहले बिगत देखीनै जनताले खोजेको परिवर्तनको दिशमा मुलुक अघी बढाउन अबरोध पुर्याइरहेको सङ्केत गर्दै नेता पौडेलले पुराना यी रोगहरूलेअझैपनि हाम्रो देशमा कुनै परिवर्तन नहुने संकेत गर्छ भनेका छन ।
नेकपामा बढ्दै गएको विवाद कुनै सिद्धान्त, विचार वा जन सेवाका लागि होइन पार्टीमा शक्ति संचय गर्न गरिएको गुट,उपगुट र पदीय भागबन्डा हो।थपिँदै गएका विवादहरू आगामी दिनमा झनै बढ्छन्।यसले देशका समस्यालाई ओझेलमा पार्ने छ।पुराना यी रोगहरूलेअझैपनि हाम्रो देशमा कुनै परिवर्तन नहुने संकेत गर्छ
— Pradip Paudel (@paudelpradipNC) October 16, 2020










