दशैं भत्ता फिर्ता गर्न सांसदहरुलाई कांग्रेसको निर्देशन



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सभापतिले दसैं भत्ता फिर्ता दिन निर्देशन दिइसकेको जानकारी दिए।

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार  ७ : ४६ बजे