काठमाडौं उपत्यकामा कूल संक्रमित ६० हजार नजिक, २५५ जनाले ज्यान गुमाए



उपत्यकामा कूल कोरोना संक्रमितको ६० हजार नजिक पुगेको छ ।

सोमबारसम्म कूल संक्रमितको संख्या ५७ हजार ७७२ पुगेकोमा मंगलबार थप १ हजार ७०२ नयाँ थपिएसँगै कोरोना भाइरस संक्रमण हुनेको कूल संख्या ५९ हजार ४७४ पुगेको छ ।

मंगलबार नयाँ संक्रिय संक्रमितको मात्र तथ्यांक आएको हुनाले सोमबारसम्मको तथ्यांक हेर्दा २५५ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको संख्या ३६ हजार २६ पुगेको छ ।

अहिले उपत्यकामा सक्रिय संक्रमित लगभग २३ हजार रहेका छन् ।

प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार  ११ : ५९ बजे