पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमित संखया एक लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४९९ जना कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा १६ हजार ८६३ जनाको पिसिआर परीक्षण भएको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ६६८ छ।
योसँगै हालसम्म १ लाख ५ हजार ४८८ जना निको भएका छन्।
शुक्रबार देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ।
योसँगै मृतकको संख्या ८२९ पुगेको छ।








