पछिल्लो २४ घण्टामा देशमा २८ सय ५६ कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुसार बितेको २४ घन्टाभित्र थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
देशमा हालसम्म एक लाख ५८ हजार ८९ जना संक्रमित संख्या पुगेको छ ।
कुल ८ सय ४७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कुल ४५ हजार ५ सय ७२ जना सक्रिय संक्रमित छन् ।
एक लाख ८ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ।
योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्।








