पाकिस्तानमा ४ .८ म्याग्नीच्यूडको भूकम्प



इस्लामाबाद, १० कात्तिक (रासस–एएनआई) –– पाकिस्तानमा सोमबार बिहानै ४ ।८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो ।

भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार  १० : ३९ बजे