गुल्मीको तम्घासमा वडा अध्यक्ष सहित १२ जना जुवाडे रङ्गेहात पक्राउ



गुल्मीको रेसुङगा नगरपालिकामा वडा अध्यक्ष सहित १२ जना जुवाडे सोमबार राती रङ्गेहात पक्राउ परेका छन्।

रेसुङगा नगरपालिका वडा नं . ७ का अध्यक्ष एबम युवा संघ गुल्मीका संयोजक मोहन पाण्डे, निर्माण व्यवसायी राजु पाण्डे सहित १२ जनालाई जुवाको खालबाट पक्राउ गरिएको प्रहरिले जनाएको छ ।

उनीहरूको साथबाट ७० हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका सबै रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाका भएको पनि ब ताइएको छ ।

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार  ५ : ०२ बजे