पूर्व प्रमुखसचिव खनालको निधन



तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ।

कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए।

मधुमेह र दमको बिरामी रहेका खनाल घरमै उपचाररत थिए।

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  १ : ०८ बजे