चितवन मेडिकल कलेजमा उपचाररत दुई संक्रमितको मृत्यु



चितवन मेडिकल कलेजमा उपचाररत दुईजना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन र रुपन्देहीका एकएक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

शुक्रबार बिहान चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको मृत्यु भएको थियो भने वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुषको गए राति मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।

कात्तिक ११ गते अस्पतालमा भर्ना भएका चितवनका पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो । कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनको अस्पतालको कोभिड आईसियु कक्षमा उपचार भइरहेको थियो ।

यस्तै कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका रुपन्देहीका संक्रमितमा ज्वरो, उच्चरक्तचाप र श्वास प्रश्वासको समस्यालगायतका लक्षण थियो । उनको पनि कोभिड आइसियु कक्षमा राखेर उपचार हुँदै आएको थियो ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ७ : ०३ बजे