काठ्माण्डौका मेयरलाई टेरेन हन्ड्रेड ग्रुपले, मङ्गलबार पनि खुलामञ्चमा निःशुल्क खाना



मंगलबार बिहान पनि हाम्रो टिम नेपाल नामको संस्थाले खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ ।

यस अघी काठमाडौं महानगरपालिकाले खाना खुवाउन बन्द गर्न दिएको चेतावनीका बाबजुद संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको हो ।

हाम्रो टिम नेपालले आज बिहान करिब ३ सय जनालाई निःशुल्क खाना खुवाएको छ ।

७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् ।

खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाका मेयर बिधा सुन्दर शाक्यले निःशुल्क खाना खुवाउने काम बन्द गर्न चेतावनी दिए पछी उनि सर्बत्र आलोचित भएका छन्।

प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार  ६ : ०९ बजे