मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार आफै भ्रष्टाचार र अस्थिरताको कारक



देशमा यतिखेर सत्तारुढ नेकपाको घर झागडा समाचारको प्रमुख बिषय बस्तु बनेको छ ।बेला बेला बल्झिरहने र कहिल्यै मिल्न नसक्ने सत्तारुढ पार्टिको घर झागडाले महामारी नियण्त्रण जस्ता बर्तमानका प्रमुख प्राथमिकताहरुलाई बेवास्ताको शिकार बनाएको छ ।नेकपाको घर झागडाको असरले भ्रष्टाचार नियण्त्रण , बिकास र सम्बृद्दी हासिल गर्ने राश्ट्रीय आवश्यकतालाई त लत्याइ सकेको छ नै बर्तमान ब्यबस्था र राजनितिक स्थिरतालाईनै खतरामा पारेको छ ।

स्थायी सरकार र राजनितिक स्थिरतालाई मुख्य मुद्दा बनाएर सत्तामा आइपुगेको सत्तारुढ नेकपानै अहिले राजनितिक अस्थिरताको कारक बन्ने सम्भाबना उच्च देखिन थालेको छ ।५ बर्षे स्थिर सरकार मार्फत देशलाई सुशासन र सम्बृद्दी दिने सपनाको भारी जनतालाई बोकाएर सत्तासिन बनेका नेताहरु आफै जनमतलाई लत्याउदै टुट फुट र सत्ता स्वार्थको आगोमा हात सेक्न थालेका छन ।

यतिखेर मुलुक कोरोना महामारीको बिगबिगीमा छ ।जनता भयभित छन्,पिडित छन्,उनिहरुले असुरक्षित महसुस गरिरहेका छन ।कोरोना कहाँरले आर्थीक मन्दी छ, मन्दिको मारमा आम नागरिकहरु छन्, धेरैको रोजगारी गुमेको छ । महामारिको बिगबिगिमा पैसा र पहुँच नहुने बिरामी भर्ना हुन नपाएर सडकमै प्राण त्याग विवश छन् । यस्तो अवस्थामा राज्यबाट सहयोगी भूमिका र अभिभाबकत्व खोज्ने नागरिकहरुलाई बर्तमान सरकार र नेतृत्वको शैलिले निरास बनाएको मात्रै छैन सत्ता र राजनिती कती सम्म अन्धो हुनसक्छ भन्ने नमुना नै पेश गरेको छ ।

पटक पटक सार्बजनिक भएका भ्रष्टाचार काण्ड र ति काण्डहरुको छानबिन सरकार आफैले रोकेको समाचारहरु सार्बजनिक भएका छन्, यसले भ्रष्टाचार प्रती  शुन्य सहनशिलताको सरकार र प्रधानमन्त्री ओलिको भाषणलाई हास्यास्पद बनाएको छ ।अझ महामारिरिको समयमा औस्षधी खरिद जस्तो बिषयमा नै भ्रष्टाचार भएको कुराले बर्तमान सरकारलाई पुरै निर्बस्त्र बनाएको छ ।

देशका प्रथमिकताहरु र महामारिको भयलाई समेत बेवास्ता गर्दै सत्ता अङ्क गणितको खेलामा सरकार लामो समय अल्झिदा देशको हालत के हुन्छ ? अहिले आम नागरिक हरुले भोगिरका छन ।जतताको आखाबाट हेर्दा सत्तारुढ नेकपा र सरकारको रबैया कुनै कोणबाट पनि क्षमा योग्य देखिदैन ।

सत्तारुढ नेकपाको घर झागडा पेचिलो बन्दै जादा त्यसले राष्ट्रीय राजनिती र राजनितिक स्थिरतालाई खतरा पुर्याउने निस्चित प्राय छ ।लामो समय राजनितिक अस्थिरता र द्वन्दबाट भर्खरै पार पाएको मुलुकाका लागी यो भन्दा ठुलो दुर्दशा अरु केहि हुन सक्दैन ।

राजनितिक स्थिरताको नारा लाएर सत्तामा पुगेको दल आफै अस्थिरताको कारक बन्ने अहिलेको अवस्थाको अन्त्य हुनैपर्छ ।अझै अस्थिरता बढे त्यो देशले पनि धान्न सक्दैन र जनभाबनाको बिपरित पनि हुनेछ त्यसैले टुट फुट र सत्ता अङ्क गणितको राजनिती छोडेर सरकार र नेकपा नेताहरुको ध्यान अहिलेको प्रमुख सङ्कटको रुपमा आइलागेको महामारी नियन्त्रण र देशका अन्य प्राथमिकता तिर जाओस हाम्रो आग्रह छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ०४ बजे