जो बाइडेन अमेरिकाको राष्ट्रपति बन्ने निश्चित



अमेरिकामा डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ ।

मिचिगन राज्यमा जित हासिल गरेसँगै बाइडेनले २६४ इलेक्ट्रोल मत आफ्नो पक्षमा पारेका छन् ।

राष्ट्रपति हुन उनलाई अब ६ मतको मात्र आवश्यकता छ ।

६ ईलेक्टोरल मत रहेको नभादा राज्यमा जो बाईडेन करिव ८ हजार मतले मात्र अगाडी छन् ।

यदि यो राज्यमा उनले ६ मत जितेसँगै राष्ट्रपति हुनेछन् ।

वर्तमान राष्ट्र्पति डोनाल्ड ट्रम्प भने २१४ मै अड्किएका छन्।

उनले मतगणनामा धाँधली भएको भन्दै अदालतमा रिट दर्ताको तयारी गरेका छन ।

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार  ५ : २४ बजे