कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेलको आईसियूमा उपचार हुँदै, अवस्था गम्भिर



कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो।

उनलाई कात्तिक १० गते सोमबार कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ५ : ३० बजे