शुक्रबार देशभर २ हजार ९०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भइ घर फर्केका छन्।
निको हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ








