म अल्पमतमा छैन : प्रधानमन्त्री ओलि



प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा आफू अल्पमतमा नरहेको दाबी गरेका छन्। एक टेलिभिजनको टक शोमा बोल्दै प्रधानमन्त्री ओलीले कसैले भ्रम पालेको भए त्याग्न आग्रह गरे।

सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओली स्थायी कमिटी तथा केन्द्रीय कमिटीमा पनि अल्पमतमा रहेको अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले बताउँदै आएको छ। अल्पमतमा परेर बैठकबाट आफू भागेको भन्ने बजार हल्लामात्रै रहेको भन्दै प्रतिवाद गरे।

प्रकाशित मिति : कार्तिक २३, २०७७ आइतबार  ४ : ०७ बजे