तत्कालिन पूर्व एमालेहरुको भेला काठमाडौंको बसुन्धारा भएको छ । पूर्व एमालेहरुको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका हुुन्।
नेकपा भित्रको विवाद उत्कर्षमा पुगेका बेला जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भेला सम्मपन भएको हो । भेलामा पार्टी संकटमा रहेकाले त्यसैअनुसार भूमिका खेल्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए ।
मदन भण्डारी फाउन्डेसनको ब्यानरमा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संघीयमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेशमन्त्री रामेश्वर फुयाललगायत नेताहरू उपस्थित रहेको बताइएको छ । कार्यक्रमको सार जबजको पक्षमा बहस चलाउनु रहेको सहभागीहरूले बताएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले ओलीनिकट जिल्ला सदस्यलाई पार्टीले हालका लागि स्थगित गरेको राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवादका पक्षमा माहौल सिर्जना गर्न निर्देशन दिएका थिए
शनिबार दिउँसो भएको भेलामा पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए । केही दिन अगाडि मात्रै मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ ।








