पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २५ सय ६९ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख २ हजार ३ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार २६१ कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये ५२८ महिला र ७३३ पुरुष रहेका छन् ।
काठमाडौंमा मात्र हालसम्म १७ हजार १६४ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २८९ जनाको मृत्यु भएको छ ।
आज १६६६ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म १ लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








