पूर्वमन्त्री गौतमको निधन



पूर्व भूमीसुधार मन्त्री भीमप्रसाद गौतमको निधन भएको छ । तनहुँ निवासी गौतम शान्त र शालिन नेताका रुपमा चिनिन्थे ।

समाजवादी पार्टी नेपालको केन्द्रीय सल्लाहकार समितिका संयोजक रहेका गौतम पछिल्लो समय तनहुँमा माछा पालान गरेर बसेका थिए ।

उनी भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बनेका थिए । गौतम पुराना बामपन्थी नेता हुन् । तनहुँका पत्रकार शैलेन्द्र मिश्रले गौतमको निधन भएको जनाएका छन् ।

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहिबार  २ : ५८ बजे