नेकपा सचिवालय बैठक आज बस्दै



नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो ।

बैठक राख्नेबारे लामो विवादपछि सचिवालय बैठक डाकिएको हो ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले फरक फरक प्रस्ताव ल्याउने बुझिएको छ ।

पार्टी विवादको समिक्षा र समाधानको उपायबारे दुवै पक्षले फरक प्रस्ताव ल्याउन लागेको हो ।

यसअघि प्रधानमन्त्री ओली सचिवालय बैठक राख्न तयार भएका थिएनन् ।

उनीमाथि सचिवालयका बहुमत सदस्यले दबाब दिएपछि बैठक डाकेका हुन् ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ३ : १३ बजे