२ हजार १११ संक्रमित थपिए, मृत्यु हुनेको संख्या १२०२ पुग्यो



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २१ सय ११ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

आज ३५ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म १ लाख ६८ हजार १ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ११ : ४५ बजे