पछील्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९ सय ४६ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ८ हजार २ सय ९९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ ।
आज २५ सय ०३ जना संक्रमणमुक्त भएका छन्
। आजसम्म १ लाख ७० हजार ६ सय ३२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ








