नेकपाको बिबादले निर्णायक मोड लिने सङ्केत देखिन थालेपछी बिगतमा जस्तै चिनिया राजदुतको सक्रीयता शुरु भएको छ ।बिगतमा पनि पटक पटक नेकपा फुटको नजिक पुगेको बेला नेकपालाई फुट्न नदिन चिनिया राजदुत सक्रीय हुने गरेकी थिइन ।केपी ओलिको सत्ता टिकाइ राख्ने र नेकपा फुट्न नदिने चिनको निती अनुसार चिनिया राजदुत होउ यान्छीले राजनितिक भेटघाट थालेको जानकारहरुले बताएका छन ।
चिनिया राजदुतले हिजो राति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा डेढ घण्टा लामो भेटवार्ता गरेकी छिन ।उनले अब नेकपाका अन्य नेताहरुलाई पनि भेटघाट गर्ने ठानिएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबारको सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ ।अध्यक्ष पुष्पकमल दाहाल र माधब नेपाल समुहको बटमलाईन भनेको प्रधानमन्त्री ओलिले दुइ मध्य एक पद छोड्नै पर्ने मागमा टेकेर ओलिलाई सत्ताबाट हटाउनु नै भएको नेकपा नेताहरुले बताउने गरेका छन ।
बर्तमान नेकपा र ओलि सत्तामाथी जब जब सङ्कट चुलिदै जान्छ त्यतिबेला निर्णायक भूमिकामा देखिने गरिके चिनिया राजदुतको सकृयता फेरी बढ्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । तर यसपटकको नेकपा बिबाद चरम उत्कर्षमा पुगेको र नेताहरुले नितिगत रुपमै र दस्ताबेजमै गम्भिर असहमती जनाइसकेकोले नेकपाको बिबाद मिलाउन राजदुत यान्छीलाई सहज नहुने कतिपय राजनितिक बिश्लेषकहरुको बुझाइ छ ।
दुइ पक्षको यही कटाक्षका बिच अध्यक्ष दाहाल शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन भने राजदूत यान्छी भने प्रधानमन्त्री ओलीसँग बालुवाटारमा र अन्य नेताहरुसग उनिहरुकै निबासमा छलफल थालेकी छिन ।
यसअघि पनि नेकपाभित्र विवाद चुलिँदा र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन दाहाल पक्षले माग गरेको बेलामा चिनियाँ राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिईन् । चिनिया दबाबकै कारण त्यतिवेला नेकपा फुटबाट जोगिएको पनि राजनितिक बृत्तमा चर्चा चलेको थियो ।
त्यतिबेला पनिपनि यान्छीको सक्रियतालाई लिएर चौतर्फी आलोचना भएको थियो । नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नेगरि राजदूतको सक्रियता बढ्नु दुःखद् भएको कुटनीतिक मामिलाका जानकारहरुले स्पष्ट पारेका छन् ।
पछिल्लो समय नेपालको राजनितिमा चिनको हस्तक्षेप देखिने गरी बढ्न थालेकोमा राजनितिक बिश्लेषकहरुले गहिरो चिन्ता ब्यक्त गरेका छन भने बर्तमान सरकारले चिनिया निती र चिनिया अन्तर्आष्ट्रीय हितका सरोकारहरुमा खुलम खुला साथ दिने र अन्य देशहरुसगको सम्बन्धमा चिसो ल्याएर नेपालको राष्ट्रीय कुटनितिलाई असन्तुलित पारेको राजनितिक बिश्लेषकहरुको आरोप छ ।








