आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।
प्रधानमन्त्री ओलीले सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिषद बैठक डाकेपछि नेकपाभित्रको विवाद झनै उत्कर्षमा पुगेको छ।
नेकपा सचिवालय बैठक बस्ने कि नबस्ने अन्यौल भइरहेका बेला राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ।
नेकपा बिबाद उत्कर्ष तिर पुगेकै बेला राष्ट्रपती भण्डारी र चिनिया राजदुत होउ यान्छीको सक्रियता ह्वात्तै बढेको छ ।








