प्रचण्डको प्रस्तावलाई वामदेवको कडा समर्थन : टरेन ओलिको सङ्कट



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो पूर्ण सहमति रहेको सार्बजनिक रिपमै स्पष्ट पारेका छन् ।

प्रचण्डको प्रस्तावलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्नेमा उपाध्यक्ष गौतम सतिसालझैं अडिग रहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।

सामाजिक सञ्जालमार्फत गौतमको सचिवालयले उनको यस्तो धारणा बाहिर ल्याएको हो ।

बामदेब सार्बजनिक रुपमै प्रचण्डको कडा समर्थनमा उत्रीएपछी प्रधानमन्त्री ओलिको राजनितिक सङ्कट अझ गाढा हुने भएको छ ।

गौतमको सचिवालयले सार्बजनिक गरेको धारणा

केही भ्रमहरु छरिएका प्रति हाम्रो गम्भीर आपत्ति छ

नेकपा उपाध्यक्ष क।वामदेव गौतमले अध्यक्ष क.प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ । आजको सचिवालय बैठकलाई सौहाद्रतापूर्ण तवरले सञ्चालन गर्नुपर्ने चुनौति थियो । आज क।प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा पनि थिएन । त्यसकारण वामदेव कमरेडलगायतका अन्य नेता कमरेडहरुले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति आजको बैठकमा दिनुभएन । तर, समाचारहरुमा चर्काचर्की भयो, धम्साधम्सी भयो भन्दैभन्दै क।वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए । वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन् । अध्यक्ष तथा प्रधानमन्त्री क।केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव दर्ज गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएपछि बैठकको सौहाद्रतामा अझ बल पुगेको थियो ।

क।प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु क।वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ । यसबीचमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीहरुसँगको भेटमा पनि उहाँले यो कुरा व्यक्त गरिसक्नुभएको छ । प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो । क।केपी ओलीलाई धरातीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस् । उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस् ।

क.वामदेव गौतमको सचिवालय
भैसेपाटी, ललितपुर

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहिबार  ३ : २९ बजे